IME Life New

प्रिमियर इन्स्योरेन्सको नाफा १९ करोड माथि हुँदा प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा कुल बीमा शुल्क आर्जन १ अर्ब २१ करोड थियो।

तर खुद बीमा शुल्क आर्जन भने घटेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  ५२ करोड ९६ लाख  खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्ब ७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा २६ करोड ७ लाख रुपैया छ भने बीमा कोषमा ५९ करोड ७ लाख रुपैयाँ छ।

यस अवधिमा कम्पनीले ७२ करोड ३ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब ४९ करोड रहेको छ।

कम्पनीले यो ९ महिनाको अवधिमा १९ करोड ४ लाख खुद मुनाफा गरेको छ भने गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १५ करोड ३ लाख खुद मुनाफा गरेको थियो।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ६३ पैसा छ किताबी मूल्य १८४ रुपैयाँ ३६ पैसा छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS