IME Life New

जनरल इन्स्योरेन्स कम्पनीद्वारा कोरोना बीमा सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेटः जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा सुरु गरेको समाचारमा संशोधन गरिएको छ । बीमा समितिले हिजो कोरोना बीमा पोलिसी जारी गरेको आधारमा जनरल इन्स्योरेन्स कम्पनीले पनि उक्त पोलिसी आज विहान बिक्री सुरु गरेकोमा अब पुलमार्फत सञ्चालन हुने भएपछि कम्पनी विशेष भन्दा पनि सामूहिक रुपमा बिक्री हुनेछन् ।

………………………………….

Esewa
Crest

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा सुरु गरेको छ । बीमा समितिले कोरोना भाइरस कोभिड–१९ रोगको संक्रमणका विरुद्धमा हिजो नयाँ बीमा पोलिसी जारी गरेको थियो । यस्तो पोलिसी जारी गरेकै भोलिपल्ट जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा सुरु गरेको जनाएको छ ।

कोरोना संक्रमित हुने वित्तिकै पाइने यस्तो बीमाको लागि एक लाखको बीमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्नेछ भने परिवारकै बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँमा बीमा हुनेछ । त्यस्तै ५० हजार रुपैयाँको बीमा गर्दा माथि उल्लेखित बीमा शुल्कको आधा मात्रै शुल्क लाग्नेछ । जनरल इन्स्योरेन्स कम्पनीले सीमित कर्मचारी राखेर केन्द्रीय कार्यालय सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS