काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज डलरको मुल्य बढेको छ । साथै, पछिल्लो दिनहरुमा डलरको मुल्य बढ्दै गएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा थियो ।
त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ १७ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ९४ पैसा रहेको छ।