काठमाडौं: राष्ट्रिय बीमा कम्पनीले नियम विपरित सुचना चुहावट गरेको प्रति आपत्ति जनाउँदै सुचना चुहावट सम्बन्धमा छानबिन गर्न शेयर लगानीकर्ता संघ नेपालले माग गरेको छ । संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी यसको तथ्य बाहिर ल्याउन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
मंगलबार राष्ट्रिय बीमा कम्पनीले बोनश सेयर वितरण गर्न नपाउँने समाचार प्रकाशन भएको थियो । उक्त समाचारले कम्पनीको सेयरमूल्य प्रभावित भएको थियो । कम्पनीले सुनियोजित रुपमा नै सुचना चुवाहट गरेको भन्दै संघले छानबिन गर्न माग गरेको हो ।
कुनै पनि सुचिकृति कम्पनीले सेयरमूल्य प्रभावित पार्ने सुचना चुहावट गर्न पाईदैन । यस्ता खालका जानकारी सबैभन्दा पहिला नेपाल स्टक एक्सचेञ्जलाई दिनुपर्नेछ । नेप्सले नै उक्त सुचना सार्वजनिक गर्छ । तर, कम्पनीको बोनश विरतण रद्ध भएको जानकारी नेप्से भन्दा पहिला सञ्चारमाध्यमले प्रकाशन गरेपछि लगानीकर्ताहरुले आपत्ति जनाएका हुन् ।