Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ३० प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्म ५८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा २९ करोड रुपैयाँ भन्दा माथि खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा २४१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले ८ सय ५ वटा बीमा दाबी वापतको १९ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले समिक्षा अवधिसम्ममा १ हजार १ सय वटा बीमा दाबी वापतको १ अर्ब १३ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

हाल कम्पनीकोे जगेडा कोषमा १५ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ भने बीमा कोषमा ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS