Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको आम्दानी र नाफा दुवै घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चालु आवको छ महिनामा बीमा व्यवसाय तथा कारोबार सञ्चालनबाट प्राप्त मुनाफा दुवै घटेको छ । बबरमहलमा मुख्य कार्यालय रही निर्जिवन बीमा व्यवसाय गर्दै आएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कोषहरुको आकार बढेको देखिएको छ भने नाफा तथा बीमा शुल्क आर्जन खुम्चिएको छ ।

वित्तीय विवरण अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले बीमा कोषमा ५१ करोड २६ लाख ३४ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले जगेडा कोष र महाविपत्ति कोष सहित गरेर ८३ करोड ५४ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको कोषमा क्रमशः १४ र ४० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पहिलो पटक महाविपत्ति जगेडा कोषमा रकम जम्मा गरेको हो ।

Prabhu
Crest

कम्पनीले छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १६ करोड ३४ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आम्दानी १८ करोड ९२ लाख २९ हजार रुपैयाँ गरेको थियो । त्यसैगरी, कम्पनीले कूल बीमा शुल्क आर्जन पनि बृद्धि गर्न सकेन । वित्तीय विवरण अनुसार ६९ करोड ६६ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ भने ७२ करोड ७९ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले एक अर्ब ३४ करोड ८७ लाख ७३ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । अघिल्लो वर्ष कम्पनीको दावी भुक्तानी एक अर्ब ५० करोड ४४ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । सञ्चालन अवधीमा सात करोड १८ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले आठ करोड ६१ लाख छ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको मुनाफा घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS