IME Life New

सानिमा जनरलको वित्तीय विवरणः झण्डै दुई करोड नाफा, आठ करोड दावी भुक्तानी बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जिवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सो कम्पनीको वित्तीय विवरणमा चालु आवको छ महिनासम्मको कारोबारबाट एक करोड ८२ लाख ९३ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि कम्पनीले आठ करोड ३१ लाख रुपैयाँ भन्दा बढि दावी भुक्तानी गर्न बाँकी छ ।

Esewa
Crest

कूल ७० करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा बीमा कोष, जगेडा कोष तथा महाविपत्ति कोषमा गरी कूल सात करोड ५६ लाख २८ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्ष तीन करोड ३८ लाख ९१ हजार रुपैयाँ तीन वटा कोषमा दाखिला गरेको सानिमा जनरल इन्स्योरेन्सको कोषमा दाखिला भएको कूल बीमा गत वर्ष भन्दा बढि गरेको छ ।

चालु आवमा व्यापारको आधारमा सबैभन्दा कान्छो कम्पनीको सूचिमा रहेको सानिमा जनरल इन्स्योरेन्सले ब्यापार भने बृद्धि गर्ने क्रममै रहेको छ । गत आवको समीक्षा अवधीमा एक करोड नौ लाख १६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पछिल्लो छ महिनामा छ करोड ९९ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी ५४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै कम्पनीको कूल बीमा शुल्क पनि ३०३ प्रतिशलते बढेको वित्तीय विवरणले देखाएको छ । विस्तारै लय समात्ने क्रममा रहेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ७८ लाख ४० हजार रुपैयाँ नेपाल सरकारलाई कर बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS