IME Life New

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो ।

त्यसैगरी डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा त्यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरी प्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथी र अतिथीमा सोही विद्यालयका शिक्षक नरेन्द्र प्रसाद रिजाल रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS