IME Life New

माछापुच्छ्रे बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म अधिकांश सूचकहरुमा सुधार गरेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा खुद नाफा ५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ रहेको छ । ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

Esewa
Crest

बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ८ प्रतिशतले बढेको छ । बैंकले यस अवधिसम्म १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिसम्म संचालन मुनाफा भने १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन १४.४९ प्रतिशत र कर्जा लगानी १७.२७ प्रतिशतले बढाउन सफल भएको छ ।

खराब कर्जा ०.०१ प्रतिशतले बढेर ०.४५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS