IME Life New

इलामबाट काठमाडौं छिरेकी संजिता, रेडियोग्राफर छोडेर बीमा व्यवसायमा (भिडियो अन्तर्वार्तासहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विहान उठेदेखि बेलुकासम्म नै पोलिसी बिक्री व्यस्त छिन् संजिता भक्त राज । आफूलाई बीमा परामर्शदाता बताउने संजिता राजधानीको इमाडोलबाट काठमाडौं शहर छिरेपछि दिनैभरि व्यस्त भइरहन्छिन् । आफू मातहतका अभिकर्ताहरुलाई तालिम दिनु, बीमा गर्न चाहनेहरुलाई बीमाबारे बुझाउनु उनको दैनिकी बनेको छ । हस्पिटल लाईनमा रोजगारी गरेरै प्रसस्त पैसा कमाउन सक्ने भक्त राज बीमा व्यवसायले आम सर्वसधारणको जोखिम बहन मृत्युपछिसम्म पनि गर्ने देखेर आकर्षित भएको बताउँछिन् ।

‘इलामबाट पढ्न काठमाडौं आएँ । रेडियोग्राफर टेक्निसियन भएर काम गरिरहेको थिएँ । एक जना दाईले अभिकर्ता बनाईदिनुभयो । अहिले २९० जना अभिकर्ता मसँग जोडिनु भएको छ । उहाँहरुलाई साथमा लिएर काम गर्दैछु ।’ बीमा व्यवसायमा १५ वर्षे यात्राबारे प्रष्ट पार्दै भनिन् । बीमा व्यवसायमा सक्रिय भएर खटिने बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई जीवन बीमा आम्दानीसँगै सेवा भावले काम गर्नुपर्ने बताउँछिन् ।

Crest

सुरुमा बीमाबारे खासै नबुझेकी भक्त राजले बीमा गर्ने क्रममा बीमा अभिकर्ताबाट पाएको बीमा शिक्षासँगै आकर्षित भएको बताईन् । ‘बीमा गर्दा मर्दाखेरी बाँचेको आफन्तले पैसा पाइन्छ भन्नुभयो, म भित्रैदेखि आकर्षित भए ।’ संजिताले सुरुवाती दिनका अनुभव सुनाईन् ।

जुन दिन मैले बीमा बुझे, बीमा बुझेको दिनदेखि नै अभिकर्ता बनेर काम गर्न थालेको बताउने भक्त राज सुरुमा बीमा अभिकर्ता बन्न इन्कार गरेको अनुभव सुनाउछिन् । ‘सुरुमा त मैले अभिकर्ताको लाइसेन्स लिन्न, सबैले दलाल, ब्रोकर भन्छ, होस् बन्दिन भनेको थिए ।’

बीमा अभिकर्ता बनेपछि आफन्तहरुले जीवन बीमा भनेको के हो ? भनेर सोध्न थाले, मैले बचत हो, बचत गर्दा कल्पना गरिएको जोखिम बराबरको रकम पाइन्छ भन्दै जानी नजानी बीमा शिक्षा दिन थाले ।

‘खासमा हामी बीमा परामर्शदाता हो । हामी कन्सल्टेन्ट हो । हामीलाई कम्पनीले तलव दिएको हुँदैन ।’ बीमा अभिकर्ताबारे भनिन् । बीमा अभिकर्ता बनेर सुरुवाती अवस्थाको संघर्षबारे भनिन्, ‘सुरुमा एक जना बालकको पाँच लाख रुपैयाँको बीमा गरे ।

मेरो क्षेत्र हस्पिटल भएकोले मैले धेरै डक्टरहरुको बीमा गरेको छु ।’ अहिले बीमाको दायरा फराकिलो पुगेर धेरै मानिसले ठूलो रकमको बीमा गर्ने अभ्यास सुर भइसकेको बताउँदै उनले भनिन्, ‘मैले अधिकतम पाँच करोड रुपैयाँसम्मको बीमा गरेको छु ।’

शिक्षित बेरोजगारलाई बीमा अभिकर्ता पेशा अंगाल्न आग्रैह गर्छिन भक्त राज । ‘अभिकर्ता हुनको लागि एसएलसी पास भएपछि पुग्छ, सानो तालिम लिएपछि बीमा अभिकर्ता बनेर काम गर्न पाइन्छ । अभिकर्ताले एक्लै छु भन्ने ठान्नु पर्दैन, टिममा मिलेर काम गर्दा बढि फाइदा हुन्छ ।’

हामी ग्राहकको घरमा जान्छौं । कुनै रोग छ वा छैन ? भनेर भन्छौं । रोग लागेको मानिसको बीमा कम्पनीमा गरिदैन । बिरामी मानिसको बीमा गर्दा भोलि उहाँले दावी भुक्तानी पाइदैन । कमाई हेरेर सोही अनुसार बीमा गर्नुपर्दछ । पहिलो वर्ष जतिपनि पैसा राखेर बीमा गर्ने हुनसक्छ । हामीले अध्ययन गरेर यति चाही तिर्न सक्नुहुन्छ भनेर हामीले अडिट गरिदिन्छौं ।– भक्त राजले बीमा अभिकर्ताको दैनिकीबारे प्रष्ट पारिन् ।

बीमा कसको लागि किन ? कसको लागि ? र केका लागि ? भनेर सबैलाई चासो छ । हामीले यही कुरा प्रष्ट बुझाउन सक्यौं भने बीमा व्यवसाय विस्तारमा मद्दत पुग्छ, प्रशिक्षणको शैलीमा भक्त राज भन्छिन् ।

बीमा नेपालमा दुई वटा बर्गमा छन् । जीवन भनेको बचत र जोखिम दुवै हो । यो एउटा करार हो । अवधी पूरा भयो, कागजातसहित बीमा पोलिसी लिएर आउनुस्, तपाईको पैसा लिएर जानुस् । यदि कुनै घटना भयो भने बाँचेका परिवारलाई त राहत हुन्छ, त्यसैले यो जीवन बीमा भनेको हो । निर्जिवन बीमा भनेको, घर, गाडी, शरीरका अंगहरुको बीमा हुन्छ । निर्जिवन बीमा तिरेको पैसा फिर्ता आउदैन । जीवन बीमाको विशेषता भनेको आफूलाई केही पर्दा पैसा पाइयो । केही भएन भने बचत रकम बोनस रकम सहित फिर्ता पाइन्छ । हामी अभिकर्ता हो । हामीलाई दर्जन पटक पनि रिजेक्ट गर्छन । कसैले तपाईले अबदेखि बीमाको कुरा लिएर नआउनु पनि भन्छन् । त्यसो भन्दैमा हामीले हरेस खाने होइन, धैर्यता गर्नुपर्दछ ।

सानो रकम बचत गर्नुभयो भने बुढेसकालमा पक्कै पनि सजिलो हुन्छ । हामीले एक पटक जन्मेर आइसकेपछि मर्नुभन्दा अगाडि जीवित रहँदै आफू र आफ्ना सन्तानका लागि केही छोडेर जाने भएकोले बीमाको धेरै महत्व छ ।

म यति भन्दछु, तपाईहरुले म काम गर्ने कम्पनीमै बीमा गर्नुपर्दछ भन्ने छैन । नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु छन्, जहाँ गरेपनि बीमा गर्नुस् । आफ्नो भविष्य सुरक्षित गर्नुस् ।

हेर्नुस्, पुरै भिडियो ।

https://www.youtube.com/watch?v=o7_BSNLQ7Kk&t=85s

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS