काठमाडौं । कामना सेवा विकास बैंकले काठमाण्डौको भिमसेनगोलामा वुधवार नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आगामी दिनमा समय सापेक्ष अनुसार अन्य सेवाहरु थप गर्दै जाने जनाएको छ ।