काठमाडौं । पोखरा फाइनान्सले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
फाइनान्सको गत पुस १८ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट ७.२० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । फाइनान्सले सोही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको जनाएको छ ।