काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनश शेयरपछि शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस २५ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले लघुवित्तको २४ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ १० गते साधारण सभा डाकेको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुने जनाइएको छ ।