काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा दिउसो ४ बजेबाट सुरु हुने जनाएको छ ।
सभामा कम्पनीले कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले हाल प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । साथै, कम्पनीको सल्लाहाकार समिति गठन गर्ने र सोही अनुरुप नियमावली संशोधन, कम्पनीको हालको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्ताव रहेको छ ।
त्यसैगरी सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्तावहरु रहेको छ ।