काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । संस्थाले मंसिर ३० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा १४ प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको जनाइएको छ ।
मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, संस्थाले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ ।