काठमाडौं । लुम्बिनी विकास बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ १९४ रुपैयाँ २९ पैसा तोकिएको छ ।
आज यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।