IME Life New

सामाजिक सुरक्षा कोषले आफै बीमा सेवा सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्षदेखि सञ्चालनमा आएको सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्ताहरुको स्वास्थ्य, दु्र्घटना तथा अशक्तता सुरक्षा योजनालगायतका बीमा सम्बन्धी काम आफैले गर्न पहल सुरु गरेको छ । यसअघि अर्को सरकारी संस्था कर्मचारी सञ्चय कोषले आफ्ना सदस्यहरुको स्वास्थ्य बीमा सेवा बन्द गरी ‘स्वास्थ्य उपचार खर्च शोधभर्ना’ को नाममा आफैले बीमा सञ्चालन गरेको थियो ।

सरकारी निकायले आफै बीमा नभनीकन बीमा सेवा सञ्चालन गर्ने क्रम बढेपछि नेपालमा बीमा कम्पनीहरुको औचित्य समाप्त गर्ने खोजेको भन्दै निजि क्षेत्र विरोध गर्ने क्रम पनि सुरु भएको छ । सामाजिक सुरक्षा कोषले स्वास्थ्य बीमा बोर्डसँग सहकार्य गर्ने प्रक्रियालाई रोकेर आफैले बीमा सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

Esewa
Crest

कोषमा हालसम्म आवद्ध भएका योगदानकर्ताको स्वास्थ्य बीमाको लागि केहि समयअघि नेपाल सरकारले अघि सारेको स्वास्थ्य बीमामा सहभागी हुने कुरा थियो, अब अस्पतालसँग सिधैं समन्वय गर्ने पक्रिया अघि बढाएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले इन्स्योरन्स खबरलाई जानकारी दिए ।

योगदानकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधा प्रदान गर्न अस्पतालहरुसँग सिधैं कोषले सहकार्य प्रकृया अघि बढाउने काम भइरहेको उनले बताए । त्यसका लागि कोषले एक सुचना जारी गर्दै देशैभरिका अस्पतालहरुलाई कोषमा सूचिकृत हुन भनेको छ । सूचनामा एमओयु सम्झौता गरी अस्पतालमा योगदानकर्ताहरुलाई सिधैं उपचारको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

योगदानकर्ताहरुलाई सजिलोका लागि सिधैं अस्पतालसँग सम्झौता गर्न लागिएको कोषको भनाई छ । यही पुस ६ गते जारी सूचनामा योगदानकर्ताको उपचारमा सहभागी हुन चाहने अस्पताललाई एमओयु गर्न प्रस्ताव आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS