Connect IPS
IME Life

स्वाभिमान लघुवित्तको साधारण सभा माघ १० गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा माघ १० गते आव्हान गरेको छ । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो । सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस २५ गतेदेखि माघ १० गतेसम्म बन्द हुने भएको छ । त्यसर्थ पुस २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेसाथै, कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३ दशमलव ३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र अन्य लघुवित्तसँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS