IME Life New

आशा लघुवित्तद्धारा सीपमूलक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मकवानपुर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बज्रबाराही मकवानपुरमा आबद्ध सदस्यहरु मध्ये ५५जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा कार्यालय बज्रबाराहीका शाखा प्रबन्धक सन्दीप महर्जनले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने बताए । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघु ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्म निर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Esewa
Crest

उक्त कार्यक्रममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिईन् । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगाधुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीप मूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्म निर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS