IME Life New

८ कम्पनीको बोनस शेयरपछि मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ कम्पनीको बोनस शेयरपछिको मुल्य समायोजन भएको छ । नेप्सेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाईनान्स, कञ्चन डेभलपमेण्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, उन्नति लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था तथा आइसीएफसी फाइनान्सको बोनस शेयरपटिको मुल्य समायोजन भएको हो ।

नेप्सेले किसान माइक्रोफाइनान्सको २३ दशमलव ९५ प्रतिशत बोनस शेयर समायोजनपछि मूल्य ६ सय ६९ रुपैयाँ ६२ पैसा , मञ्जुश्री फाईनान्सको १ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि मुल्य १३ सय ९ रुपैयाँ ५ पैसा ६, कञ्चन डेभलपमेण्ट बैंकको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मुल्य २ सय १६ रुपैयाँ ३६ पैसा तोकेको छ ।

Esewa
Crest

त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ८९ रुपैयाँ ५२ पैसा , मिथिला लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि ४ सय ६६ रुपैयाँ ०९ पैसा मुल्य तोकेको छ ।

उन्नति लघुवित्तको ३८ दशमलव ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मुल्य ६ सय ३३ रुपैयाँ ४८ पैसा , फरवार्ड कम्युनिटीको ३२ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मुल्य १ हजार ५२ रुपैयाँ ०८ पैसा र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मुल्य १ सय ५२ रुपैयाँ ३८ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS