Connect IPS
IME Life

माछापुच्छ्रे बैंकले दुबईको मश्रिक बैंकबाट अर्बभन्दा बढि ऋण लिँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले दुबइको माश्रिक बैंक बैंकबाट एक अर्ब (एक करोड) भन्दा बढी पैसा ल्याउने भएको छ । सो सम्बन्धी बैंकले माश्रिक बैंकसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पूँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै यो रकम ल्याउन लागेको जनाएको छ । माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने सम्बन्धी सम्झौता भएको हो ।

बैंकले दुवईस्थित माश्रिक बैंक बाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

कति वर्षको लागि ऋण ल्याएको हो, सो कुरा बैंकले खुलाउन चाहेको छैन भने कति प्रतिशत ब्याजमा ऋण ल्याउन लागेको हो सो समेत खुलाएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS