काठमाडौं । कुमारी बैंकले आजबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र विक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ऋणपत्र निष्काशन गरेको जनाएको छ ।
बैंकले निष्काशन गरेको कुल तीन अर्ब मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।