काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मुल्यबढेको छ । मंसिर मसान्तसम्ममा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मुल्य ८ रुपैयाँ ६१ पैसा पुगको छ । यो मुल्य कात्तिक मसान्तसम्ममा ८ रुपैयाँ ४० पैसा थियो ।
त्यस्तै, लक्ष्मी भ्यालु फण्डको मंसिर मसान्तसम्ममा प्रतिइकाई खुद मुल्य ९ रुपैयाँ ७३ पैसा रहेको छ । यो मुल्य कात्तिक मसान्तसम्ममा ९ रुपैयाँ ५१ पैसा थियो ।
लक्ष्मी इक्विटी फण्डको मंसिर मसान्तसम्ममा सूचीकृत धितोपत्रमा लगानी, सार्वजनिक निष्कासन र ऋणपत्र बन्डमा गरी कुल लगानी ८३ करोड ५ लाख पुगेको छ । कात्तिक मसान्तसम्ममा ८१ करोड ९८ लाख रुपैयाँ लगानी थियो ।
लक्ष्मी भ्यालु फण्ड १ को मंसिर मसान्तसम्ममा सूचीकृत शेयर र सार्वजनिक निष्कासनमा गरेर लगानी २१ करोड ७ लाख रहेको छ । यो लगानी कात्तिक मसान्तसम्ममा २२ करोड ५८ लाख रुपैयाँ थियो ।