IME Life New

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जसमा दुई वाणिज्य बैंक, तीन लघुवित्त वित्तीय संस्था र एक हाइड्रोपावर कम्पनी रहेका छन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको भोलि पुस ११ गते बुक क्लोज गर्नेछ । नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे र विजय लघुवित्त वित्तीय संस्थाले पुस १३ गते, आइतबार बुक क्लोज गर्नेछ । त्यसकारण आज पुस १० गते नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

आरएमडिसी लघुवित्तले पुस २३ गते बिहान ११ बजे अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा लघुवित्तले चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।

युनाइटेड मोदीले पुस २४ गते साधारण सभा आह्वान गरेको छ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको कर सहित कूल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, अन्य आयोजनामा लगानी गर्नुपरेमा छलफल गरी सञ्चालक समितिलाई अख्तियारी दिन लगायतका एजेण्डा राखेको छ ।

नेपाल बैंकले पुस २५ गते नेपाल एपिएफ क्लब, हलचोक काठमाण्डौमा साधारण हुने जनाएको छ ।

साधारण सभामा बैंकले लामो समयपछि लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पेश गर्दैछ ।

कृषि विकास बैंकले पुस २७ गते साधारण सभा डोकेको छ । सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने, अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारण सभा पुस २८ गते उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव लगायतका विभिन्न एज्ण्डा रहेका छन् ।

त्यसैगरी विजय लघुवित्तले पुस २९ गते संस्थाको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा कम्पनीले लाभांश अनुमोदन, हकप्रद निष्काशन र मर्जरलाई मुख्य एजेण्डा बनाएको छ ।

सभा फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टर काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS