काठमाडौं । गरिमा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई आइजीएलओ बक्स हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई उक्त बक्स हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा एक कार्यक्रमका बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।