काठमाडौं । कृषि विकास बैंकले पुस २७ गते साधारण सभा बोलाएको छ । साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १० गते बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।
बैंकले सभामा बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र करसहित २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, बैंककको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार पुग्नेछ ।