IME Life New

कैलाशलाई एक्वायर तथा लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित प्राइम कमर्सियलको एजिएम पुस २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २५ गते साधारण सभा बोलाएको छ । कैलाश विकास बैंकलाई प्राप्ती गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित उक्त सभा आव्हान गरेको हो । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ ।

सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ। पुस १३ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन ।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS