काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ऋणपत्र निष्काशन तथा विक्रीका लागि अनुमति दिएको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नलाई अनुमति दिएको हो ।
बैंकले निष्काशन गर्न लागेको कुल ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको छ ।
बैंकले १०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर २०८६’ नाम दिइएको १० बर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ ।
इक्रा नेपालले कुमारी बैंकको यस डिबेन्चरलाई बिबिबि प्लस (बोलीचालीको भाषामा ट्रिपल बि प्लस) दिएको छ। बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।