IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक संचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय परिसर वरपर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुबाट ट्राफिक संचेतना प्रदान गरेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताए ।

Esewa
Crest

प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गर्न पाउंदा खुसी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएको थियो ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS