IME Life New

बैंकका सिईओ छानेर अनुसन्धान गर्दैनौंः सम्पत्ति शुद्धिकरण विभाग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले कुनै पेशामा आबद्ध भएकाहरुलाई मात्रै छानेर अनुसन्धान गर्ने नीति नभएको प्रष्ट पारेको छ । सम्पत्ति शुद्धिकरण विभागका निर्देशक तथा प्रबक्ता बिनोद लामिछानेले इन्स्योरेन्स खवरसँग कुराकानी गर्दै भने, ‘हामीले कुनै पेशा व्यवसायमा लागेकाहरुलाई लक्षित गरेर अनुसन्धान गर्ने कुनै नीति छैन ।’ उनले बैंकका सिईओको रुपमा कोही कसैको पनि अनुसन्धान भएको आफूलाई जानकारी नभएको बताए ।

उनले विभिन्न स्रोतबाट प्राप्त सूचनालाई प्रमाणित भएमा अनुसन्धान हुने र सो अनुसन्धान प्रभावकारी रुपबाट अगाडि बढाउने बताए । उनले भने, यसलाई कारवाही गर्दैछौं, यसको विषयमा अनुसन्धान गर्दैछौं भनेर भन्दैनौं, प्रमाण फेला परेमा कारवाही प्रक्रिया अघि बढाउँछौं, सो सम्बन्धमा काम पनि गरिरहेका छौं ।’

Esewa
Crest

सम्पत्ति शुद्धिकरण विभागले बैंक तथा वित्तिय संस्थाका सिईओहरुको सम्पत्तिको विषयमा अनुसन्धान नगरेको जनाउँदै उजुरी परेका बखत तथा सूचना प्राप्त भएको बखत भने जोसुकैका विरुद्धमा अनुसन्धान हुनसक्ने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS