IME Life New

प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर जिल्ला मानभवन स्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंकको बिच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी एक सम्झौता भएको छ ।

यसका लागि गोर्खा सत्याग्रह समिति, नेपालका तर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक समारोहको बिच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् ।

साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा रु. ५ लाख रुपैयाँमध्ये जुनकम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

सम्झौताबाट ब्रिटिश सरकारको सैनिक सेवाकाकार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध हुने भएकोले अधिकतम् ब्रिटिश सैनिक तथाभुतपुर्व सैनिकहरुले प्रभु बैंककमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS