IME Life New

नेपाल इन्स्योरेन्सद्धारा लघु बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कन्चनपुर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले १ दिने देशव्यापी अभिमुखिकरण कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा सम्पन्न गेको जनाएको छ ।

नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको बर्ग सम्म लघु बीमाको पहुच बिस्तार गरि न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त बर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीबन तथा सम्पत्तिको सम्भाबित जोखिमबाट सुरक्षा प्रदान गरी गरिवी घटाउने र लघु बीमा बारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा नेपाल बीमक संघका कृष्ण न्यौपानेले कार्यक्रमका उद्देश्यहरुका बारेमा जानकारी गदिएका थिए भने नेपाल इन्स्योरेन्सका चन्द्रनाथ उप्रेतीले लघु बीमाको परिचय, उद्देश्य,महत्व, प्रभावकारीता लघु बीमा प्रकार , जोखिम वहन, बीमालेख जारी लगायत दावी भुक्तानी प्रक्रियाहरुका सम्बन्धमा बिस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS