IME Life New

१७ शाखाका प्रबन्धकको उपस्थितीमा डिप्रोक्स लघुवित्तद्धारा प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इटहरी । डिप्रोक्स लघुबित्त वित्तीय सस्था लिमिटेडको प्रदश १ ले प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ। उक्त गोष्ठी गोकर्ण रिसोर्ट इटहरीमा सम्पन्न भएको संस्थाले जनाएको छ । उक्त कार्यक्रम मंसिर १७ शुरु भई १८ गते सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका निमित प्रमुख कार्यकारी अधिकृत हेम कुमार काफ्ले, मानव सन्साधन बिभाग प्रमुख ज्ञानेन्द्र अर्याल, योजना अनुसन्धान तथा ग्राहक संरक्षण बिभाग प्रमुख बुद्धिराज घिमिरे, प्रदेश न १ का प्रमुख राजेश थापा, अनुगमन अधिकृत राजेन्द्र न्यौपाने, सुचना प्रबिधी अधिकृत रितेश महर्जन लगायत प्रदेस न १ अन्तर्गतका १७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको उपस्थिती रहेको थियो

Esewa
Crest

कार्यक्रममा प्रदेश न १ अन्तरगतका १७ शाखा कार्यालयका शाखा प्रमुखद्धारा आफ्नो शाखाको प्रथम त्रैमासको वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए ।

साथै, कार्यक्रममा ऋणको म्याद नाघ्न नदिने रणनीति, म्याद नाघेको ऋणको असुली गर्ने रणनीति तथा पौष मसान्तको लक्ष्य प्राप्ती गर्न अपनाउने रननिती बारे सहभागीहरुबाट आफ्नो आफ्नो तर्क प्रस्तुत तथा छलफल गरेका थिए ।

त्यस्तै, कार्यक्रमको दोस्रो दिन सुचना प्रबिधि अधिकृत रितेस महर्जनले सहभागीहरुलाइ संस्थाको अनलाइन सफ्ट्वयरबारे जानकारी दिएका थिए भने निमित प्रमुख कार्यकारी प्रमुख हेम कुमार काफ्लेले शाखा प्रमुखहरुलाई कर्मशिल भई कार्य गर्न सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS