IME Life New

चार महिनामा निर्जिवन बीमा कम्पनीको बीमाशुल्क आम्दानी झण्डै नौ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले झण्डै नौ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

चार महिनामा २० वटा निर्जिवन बीमा कम्पनीहरुले कूल सात लाख ७२ हजार ८४ वटा बीमालेख बिक्री गरी आठ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

गत बर्षको सोही अवधिमा निर्जिवन बीमा कम्पनीहरुले कूल छ लाख ५६ हजार ८ सय ५८ वटा बीमालेख बिक्री गरी सात अर्ब ८२ करोड रुपैयाँ प्रिमियम रकम संकलन गर्न सफल भएको थियो ।बीमा समितिको तथ्याङ्क अनुसार गतबर्ष भन्दा यस वर्षको पहिलो चार महिनामा कम्पनीहरुको बीमा शुल्क रकम ११ दशमलव ३९ प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन शिखर इन्स्यारेन्स कम्पनीले गरेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा एक अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, तेस्रोमा नेको इन्स्यारेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कात्तिक मसान्तसम्ममा सिदार्थ इन्स्यारेन्स कम्पनीले ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्ममा ५७ करोड रुपैयाँ, आइएमई जनरलले ४६ करोड रुपैयाँ र लुम्बीनी जनरलले ४१ करोड रुपैया बीमाशुल्क आर्जन गर्न सफल भएको छन् ।त्यसैगरी, पु्रडेसिन्सयल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तीन वटा कम्पनीको आम्दानी समान छ ।

प्रभु इन्स्यारेन्सले ३५ करोड रुपैयाँ, एभरेष्ट इन्स्यारेन्सले ३३ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३३ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ, युनाईटेड इन्स्यारेन्सले २४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले १९ र सानिमा जनरल इन्स्योरेन्सले १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS