IME Life New

ग्लोबल आईएमई र जनता बैंकको एकीकृत कारोबार मंसिर २० गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशकै सबैभन्दा ठूलो बैंक बन्न बिग मर्जर अन्तर्गत हुन लागेको पहिलो मर्जर यही मंसिर २० गतेदेखि सुरु हुनेछ । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच यही मंसिर २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि पहिलो पटक बिग मर्जर हुन लागेको हो नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई एक हुन बुधबार अन्तिम स्वीकृति दिएपछि आगामी मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने घोषणा मर्जर कमिटिले गरेको छ ।

गत असार २० गते प्रारम्भिक समझदारी गरी एकीकरण प्रक्रियामा अघि बढेका दुई बैंकले पाँच महिना पुगेकै दिन एकीकृत कारोबार गर्न लागेको हो । मर्जरमा १००ः८५ रेसियोमा आपसमा गाभिन लागेका हुन् । मर्जपछि बन्ने ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब पुग्नेछ भने जगेडा कोष करिब ६ अर्ब, निक्षेप दुई खर्ब, कर्जा लगानी एक खर्ब ८७ करोड, शाखा सञ्जाल झण्डै तीन सय पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS