Connect IPS
IME Life

लाभांश पाउन कुन बैंकको शेयर किन्ने ? लाभांश नपाइने बैंकहरु कुन कुन हुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा सूचिकृत २७ वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरे पनि बुक क्लोज मिति आँउन बाँकी छ ।लाभांस प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकी बैंकहरुमा एनएमबी बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, नबिल बैंक, प्राईम कमर्सियल बैंक, नेपाल बैंक र नेपाल एसबिआई बैंक रहेका छन्।

Prabhu
Crest

११ वाणिज्य बैंकमध्ये नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकले भने साधारण सभा र बुक क्लोजको मिति तय गरिसकेको छ ।नेपाल एसबिआई बैंकले यही मंसिर २९ गते वार्षिक साधारण सभा गर्दैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गतेदेखि बुक क्लोज गर्दैछ । मंसिर १२ गते सम्म कायम शेयरधनीले कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र १० दशमलव ८४ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

त्यस्तै लक्ष्मी बैंकले पुष ६ गते बार्षिक साधारणसभा गर्दैछ । सो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेदेखि बुक क्लोज गर्दैछ । मंसिर २२ गते सम्म कायम शेयरधनीले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

लाभांश प्रस्ताव गरेरे बुक क्लोज भइसकेका वाणिज्य बैंकहरु :

२७ वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आर्थिक वर्ष ७५।७६ को साधारण सभा र लाभांश प्रयोजनाका लागि बुक क्लोज गरिसकेको अवस्था छ । यी बैंकहरुको शेयर किन्दा गत आवको मुनाफाबाट लाभांश लिन पाइने छैन । स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, जनता बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डौ, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र एनआईसी एसियाले साधारण सभा र लाभांश प्रयोजनाका लागि बुक क्लोज गरिसकेको अवस्था छ । अब दोश्रो बजारमा यी कम्पनीको शेयर किन्नेले आर्थिक वर्ष ७५/७६ को लाभांश प्राप्त गर्ने छैनन् ।

तीन वाणिज्य बैंकको लाभाश प्रस्ताव गर्न बाँकी :

२७ वाणिज्य बैंकमध्ये ३ वाणिज्य बैंकले आर्थिक वर्ष ७५।७६ को लाभांश प्रास्ताव नै गरेको छैनन् । कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले अहिले सम्म पनि लाभांश प्रस्ताव गरेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS