IME Life New

तपाईको खाता कुन बैंकमा छ ? यी हुन नक्कली हस्ताक्षर र चेकबाट रकम चोरिएका बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साईबर आक्रमणको घटना सेलाउन नपाउँदै नेपालका बैंकहरुबाट पुनः ठूलो रकम चोरी भएको छ । यस पटकको चोरी आश्चर्यजनक शैलीको थियो । चोरीपछि आम सर्वसाधारण झस्किन पुगेका छन् । खाताबाट अर्कै व्यक्तिले आधिकारिक रुपमा रकम निकाल्न थालेपछि बैंकको खाता समेत समय समयमा चेकजाँच गर्नुपर्ने अवस्थामा पुगेको छ ।

अपराधमा संलग्न व्यक्तिहरुले सिधैं बैंकको टेलरमा गएर रकम निकालेका थिए । बैंकको सर्भरमा रहेको हस्ताक्षरसम्म चोरीमा संलग्नहरुको पहुँच पुगेको थियो भने नक्कली चेकबुकमार्फत रकम निकालिएको फेला परेपछि बैंकको खाताबाट गिरोहले सजिलै पैसा निकाल्ने गरेको फेला परेको छ ।

Esewa
Crest

तपाईको खाता जुनसुकै बैंकमा भएपनि अपराधीहरुले तपाईको बैंकका विवरण विभिन्न स्रोतबाट सजिलै प्राप्त गरी नक्कली चेक तथा हस्ताक्षर गरेर रकम निकाल्न सक्ने देखिएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेका छ जनाबाट ठूलो मात्रामा बैंक खाता खोल्न भरिएको फारम तथा नक्कली चेकबुक बरामद गरेको छ । प्रहरीका अनुसार बैंकको सर्भरको हस्ताक्षर कीर्ते भएका बैंकहरु निम्न छन् ।

जनता बैंक
एनआईसी एसिया बैंक
माछापुच्छ्रे बैंक
एभरेष्ट बैंक
ज्योति विकास बैंक
मुक्तिनाथ विकास बैंक

प्रहरीले एभरेष्ट बैंकको २३ वटा चेक, माछापुच्छ्रे बैंकको १९ वटा चेक, एनआईसी एसिया बैंकको ८२ वटा चेक, जनता बैंकको ५७ वटा चेक, मुक्तिनाथ विकास बैंकको ४२ वटा चेक र ज्योति विकास बैंकको नक्कली चेक एक वटा चेक बरामद गरेको प्रहरीले जनताएको छ । ति चेकहरु कसको थिए भन्ने खुलाइएको छैन । घटनापछि बैंकमा खाता रहेका अन्य व्यक्तिको समेत हस्ताक्षर चोरी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS