काठमाडौं । लक्ष्मी बैंक लि.ले आगामी पुस ६ गते १९ औं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय हिजो बसेको बैंकको सञ्चालक समितिको २२२ औं बैठकले गरेको बैंकले जनाएको छ ।
बुधबार अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाको मिति तय गरेको बैंकले जानकारी दिएको छ । बैठकले १० प्रतिशत बोनस शेयर तथा पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले साधारणसभाको लैजाने एजेण्डाहरु तय गरेको छ ।
बैंकले आगामी मंसिर २३ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मितिभन्दा अगावै कायम रहेका शेयर धनीले मात्रै लाभांश प्राप्त गर्ने बैंकका कम्पनी सेक्रेटरी पियुषराज अर्यालले नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा उल्लेख छ ।