IME Life New

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सम्पन्न, ३६.८४% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लमजुुङ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाले सभामा हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत बोनश शेयर र बोनश शेयर कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत लाभांश पारित लाई ३६ दशमलव ८४ प्रतिशत लाभांश पारित गरेको छ ।

सभामा संस्थाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सर्वसहमतीमा पारित गरेको छ ।

Esewa
Crest

लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७५/७६ को आषाढ मसान्त सम्मको वासलात, सो आ.व. को नाफा नोक्सान हिसाब, नाफा नोक्सान वाँडफांड हिसाब, इक्वीटिमा भएको परिवर्तन तथा सोही अवधिको नगद प्रवाह विवरण र लेखा सम्वन्धी नीतिहरु तत्सम्वन्धि अनुसुचिहरु उपर छलफल गरी सर्वसहमतीमा गरेको छ ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब.२०७५/७६ को आषाढ मसान्तसम्मको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७५/७६ को आषाढ मसान्तको वासलात तथा मिति २०७५/०४/०१ देखि २०७६/०३/३२ सम्मको नाफा नोक्सान हिसाब, इक्वीटीमा भएको परिवर्तन र नगद प्रवाह विवरण सहितको अनुसुचीहरु छलफल गरी पारित गर्नका लागि निर्णयार्थ पेश हुँदा सभामा उपस्थित शेयरधनीहरुबाट सर्वसम्मतिले पारित गरेको जनाएको छ ।

कम्पनीको आ.व.२०७६।७७ को लागि लेखापरिक्षण कार्यका लागि लेखापरिक्षण समितिले सिफारिस गरे वमोजिम लेखापरिक्षक नियूक्ति गर्ने (वर्तमान लेखापरिक्षक भट्ट एण्ड कम्पनीका चाटर्ट एकाउन्टेण्ट, यज्ञ राज भट्टलाई कम्पनी ऐन, २०६३ को दफा १११ वमोजिम पुनः नियूक्त हुन योग्य हुनुहुनेछ) र निजको पारिश्रमिक निर्धारण सर्वसम्मतिले ताकिएको छ ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम, यस संस्थाको हाल कायम रहेको संस्थाको अधिकृत पूँजी ३० करोड वाट वृद्धि गरि एक अर्व पुयौउने प्रस्ताव पारित गर्ने विषयलाई निर्णयार्थ पेश हुँदा सभामा उपस्थित शेयरधनीहरुबाट सर्वसम्मतिले पारित भएको जनाएको छ ।

संस्थाले एक वा एक भन्दा वढी उपयुक्त लघु वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघु वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोका आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याँकन गर्न परामर्शदाता, मूल्याँकनकर्ता नियूक्ति गर्ने लगायतका आवश्यक कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS