कास्की । सिद्घार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
हालसम्म बैंकले १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित),१०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।