काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक कर्मचारी प्रमुखको लागि १ जना, कनिष्ठ अधिकृतदेखि वरिष्ठसम्म केही, नेटवर्किङका लागि केही, सहायक सूपरभाइजरका लागि केही र सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।