काठमाडौं । नारायणी डेभलपमेन्ट कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट अधिकृतका लागि १ जना, शाखा प्रबन्धकका लागि केही र सम्बन्ध अधिकृतका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । क्रेडिट अधिकृतका लागि व्यवस्थापन, अर्थशास्त्र, सार्वजनिक प्रशासनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । शाखा प्रबन्धकका लागि व्यवस्थापनमा स्नातक डिग्रीः स्नाकोत्तर डिग्रीलाई प्राथमिकता दिइनेछ भने सम्बन्ध अधिकृतका लागि व्यवस्थापनमा स्नातक डिग्री गरेको हुनुपर्ने जनाइएको छ ।
उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेकाले असोज १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।













