Connect IPS
IME Life

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ०१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज कात्तिक २६ गते अन्तिम दिन रहेको छ । संस्थाले मंसिर १४ गते साधारण सभा बोलाएको छ । संस्थाले बुधबार कत्तिक २७ गते बुक क्लोज गर्दैछ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् ।

सभा न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७.६१ प्रतिशत बोनस सेयर र करका लागि ०.४० प्रतिशत नगद वितरण गर्न लागेको हो ।

Prabhu
Crest

सभामा कम्पनीले ‘घ’ वर्गका अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि हुनेछ । सञ्चालकहरुको भत्ता बढाउने एजेन्डा पनि छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS