IME Life New

नेपाल इन्स्योरेन्सद्वारा दिपावली, नेपाल सम्वत र छठ विदामा हटलाईन सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विदाको समयमा कुनै भवितव्य परेमा बीमा दावी गर्न सकिने गरी सम्पर्क अधिकृतसहितको हटलाईन नम्बर व्यवस्था गरेको छ ।

Esewa
Crest

नेपाल इन्स्योरेन्स कम्पनीले तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कार्तिक ९ गतेदेखि १३ गतेसम्म तथा छठ पर्वको दिन कार्तिक १५ गते विदाका दिनहरुमा पनि कुनै भवितव्य परेमा बीमा दावीका लागि प्रारम्भिक जानकारी दिन हटलाईन नम्बरहरु व्यवस्था गरेको जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीका निमित्ति प्रमुख कार्यकारी अधिकृत बिक्रान्त पाण्डेका जानकारी अनुसार विदाको समयमा चार जना उच्च अधिकारीको सम्पर्क नम्बर सहितको हटलाईन नम्बरको व्यवस्था गरिएको छ । विदाको समयमा बिमितहरुलाई कुनै भवितव्य परेमा कम्पनीको मुख्य प्रबन्धक किरणमान रञ्जितकार–९८६६४०५३८४, बरिष्ठ प्रबन्धक दयानिधी प्रसाद ओझैया–९८५१०६३७६४, सहायक प्रबन्धक कृष्णराम पराजुली–९८४१२७४५०५ र रुपक चालिसे– ९८४३००२२०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS