IME Life New

यूनियन लाइफ इन्स्योरेन्सका बीमा योजनाहरु बैंक अफ काठमाण्डूबाट खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनियन लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरु ‘बैंक अफ काठमाण्डू’ बाट खरिद गर्न सकिने भएको छ, सो सम्बन्धि यूनियन लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डू लिमिटेड बिच बैंकासुरेन्स संझौता भएको छ। संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट नायब महाप्रबन्धक कोषराज सुबेदी र बैंक अफ काठमाण्डूका तर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन्।
संझौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सका बीमा योजना बैंकले ग्राहक तथा बीमा गर्न चाहने सर्बसाधारणहरुलाई बिक्रि वितरण गर्ने छ । जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका नयाँ बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको छ भने, पुराना जीवन कम्पनीहरुलाई समेत कडा टक्कर दिन सफल भएको छ।

जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित यूनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ८६ करोड ५० लाख बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ, भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS