IME Life New

बीमा क्षेत्रको कालोसूचि विवरण राख्न समितिको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्रमा ऋण दिन कालो सूचि चेक गर्ने परम्परा जस्तै बीमा क्षेत्रमा पनि बीमित, सर्भेयर, एजेन्सी आदिको पनि कालोसूचिको विवरण राखेर त्यस्तो सूचिमा परेको व्यक्ति वा कम्पनीको बीमा नगर्ने गरी नियमन गर्ने प्रस्ताव बीमा समितिले अघि सारेको छ ।

गलत सूचना दिई बीमा गर्ने, एउटा बीमा कम्पनीबाट गलत दावी लिई पुनः अर्को कम्पनीमा गई बीमा गर्ने प्रवृत्ति बढेपछि बीमा कम्पनीहरुमा हुने गरेको गलत काम रोक्न कालो सूचिको विवरण राख्ने बारेमा छलफल चलेको छ । कालो सूचि सम्बन्धी सूचना केन्द्र स्थापना भएमा बीमा सम्बन्धी गलत काम गर्ने बीमित, एजेन्सी, अभिकर्ता, सर्भेयर र बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई कालोसूचिमा राख्नुपर्ने हुन्छ ।

Esewa
Crest

बीमा सूचना केन्द्र स्थापना गर्ने सम्बन्धमा बीमा समितिको प्रस्तावमा सबै बीमा कम्पनी सकारात्मक देखिएका छन् । बीमा कम्पनीहरुले सबै कम्पनीको सामूहिक लगानीमा त्यस्तो केन्द्र सञ्चालन गर्ने प्रस्ताव समिति समक्ष गरेका छन् । लगानीको मोडालिटी बीमा समिति र बीमा कम्पनीहरुको संयुक्त लगानी भन्ने भएपनि अहिले नै सो सम्बन्धमा एकिन भइसकेको छैन । अर्थमन्त्रालयका राय लिन बाँकी रहेकोले मोडालिटी कस्तो हुन्छ भन्ने अहिले नै एकिन भइनसकेको समाचार स्रोतले जनाएको छ ।

बीमा समितिले भने सूचना केन्द्रमा लगानीको मोडलका बारेमा टुङगाो नलागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

बीमा समितिले संघीय संसद्मा प्रस्तुत गरेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ को दफा १५३ मा बीमा सूचना केन्द्र सम्बन्धी व्यवस्था गरेको छ । यद्यपि उक्त विधेयक अघि बढेको छैन । हाल संसद बन्द रहेकाले आगाामी हिउँदे अधिवेशनमा बीमा बिधेयक पास गर्न सकेमा आगामी आर्थिक वर्षबाट बीमा सूचना केन्द्र सञ्चालनमा आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS