काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्कासनको लागि एनआइबीएल एस क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा इन्स्यारेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।
अब कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको छ । सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी १ अर्व रुपैयाँ पुग्नेछ ।