IME Life New

कुरियर सेवा स्तरीकरणबाट लक्षित आर्थिक वृद्धि पाउन सहज – अर्थमन्त्री खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा सघंले हालै २५औं रजत जयन्ती विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रम स्थलबाटै इन्टरनेट मार्फत नेपाली कुरियर व्यवसाय सम्बन्धी जानकारी बटुल्दै विश्व लजेस्टिक सेवा सुचाकंमा नेपालको कार्गो ट्रेसिङ एन्ड ट्रयाकिङ शीर्षक अन्तर्गत २.५ अङ्क पाएको जानकारी गराए ।

Esewa
Crest

त्यस्तै अन टाइम डेलिभरीमा ३ अकं प्राप्त गरे पनि कुरियर मैत्री भौतिक पूर्वाधार अत्यन्त कमजोर रहेको त्यस सुचांकमा उल्लेख भएकोले पूर्वाधार स्तरीकरण हुनु पर्न उनको जिकिर थियो । साधारण तया लजेस्टिक सेवा तर्फ ५ अकं प्राप्त गर्ने देशमा वैदेशिक लगानीका लागि अब्बल मानिन्छ ।

यस सेवालाई व्यवस्थित बनाउन ल्याइएका सरकारी एन नियमहरूको सहज प्रयोगमा इन्टरनेटबाट जानकारी प्राप्त गरी व्यवसायीलाई स्मार्ट हुन समेत आग्रह गरेका थिए । यसबाट कुरियर सेवाको स्तरीकरण भई वाणिज्य फस्टाउँछ, भने राष्ट्रिय आर्थिक लक्ष्य भेटाउन सहयोगी बन्छ ।

कोसानका अध्यक्ष गोविन्द ढुङ्गेलले सरकारी हुलाक सेवा, कार्गो र ट्रान्सर्पोट सरह कुरियर कम्पनीले समेत भ्याट सुविधा पाउनु पर्नेमा जोड दिएका थिए ।

यस्का साथै त्रिभुवन विमान स्थलमा छुटै कुरियर डेस्कको स्थापना गरिनु पर्ने उनले जोडदार माग गरेका छन् । कोसानका महा–सचिव सञ्जय मण्डलले कुरियर क्षेत्रको जोखिम घटाउन बीमा सेवा प्रयोगले प्राथमिकता पाउनु पर्न जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS