Connect IPS
IME Life

६०% हकप्रद निष्काशन गर्न लागेको एजएलजीको एजिएम भोलि, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एजएलजी इन्स्योरेन्सको भोलि बुधबार (असोज ८ गते) १३ औं वार्षिक साधारण सभा हुने भएकोे छ । साधारण सभा आम्रपाली ब्यांकेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा पेश गर्ने छैन ।

Prabhu
Crest

एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि एनएलजीले भदौ २५ गते बुक क्लोज गरेको थियो । भदौ २४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १०० रुपैयाँका दरले कुल ३८ लाख ४२ हजार ४३७.५ कित्ता सेयर निष्कासन गर्नेछ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले ६० प्रतिशत हकप्रदको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले एनएलजीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS