IME Life New

आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत वर्ष संचालनको अनुमति पाउने जीवन बीमा कम्पनीहरुमध्ये कारोबार संचालन गर्ने पहिलो जीवन बीमा कम्पनी ‘आइएमई लाइफ इन्स्योरेन्स’ कम्पनीको व्यावसायिक कारोबार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ ।

कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी शुक्रबार प्रथम वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए । चालु आर्थिक वर्ष २०७५/७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरी सेवाग्राहीलाई सर्वसुलभ बीमाको पहुँच विस्तार गर्ने, छिटो छरितो बीमा सेवा पु-याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने अर्यालले बताए । जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने अध्यक्ष अर्यालले प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नविनतम थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पुरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्नका लागि सिभिल क्यापिटल संग सेयर निस्कासन सम्झौता गरेको छ ।

Esewa
Crest

कम्पनी सञ्चालन भएको १ वर्ष भित्र नै कम्पनीको सुखद् एवं सफलतामा सहयोग पु-याउने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ ।

व्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पु-याउदै आएको छ । कम्पनीले यस आर्थिक वर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरी बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा रु. ५३ करोड ५० लाख बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS